परासी, ८ असार । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. १ भिठा बस्ने वर्ष ४६ का विनोद कहारको घरबाट प्रहरीले लागु औषध बरामदको हो ।
उक्त कहारले आफ्नै घरमा लुकाएर लागु औषध राखेको विशेष सूचनाको अधारमा प्रहरीले खानतलासी गर्दा उनको घर बाट पोरेक्सीको स्पार ९ सय ६३ ट्याबलेट, नाईट्रभेट ६ सय थान र कोरेक्स एक सय एमलको ९ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं डिएसपी भोजराज पाण्डेले बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय सेमरिका सई मदन बस्यालको कमाण्डमा खटेको टोली निजको घरमा विहिवार राति १२ बजे खानतलासी गरेको डिएसपी पाण्डेले बताउनु भयो ।
लागु औषध सहित पक्राउ परेका कोहारलाई थप अनुसन्धान भईरहेको छ । उनलाई आजै अदालत पेश गरिएपछि अदालतले ५ दिनको लागि म्याद थप गरेको छ ।