Sunday, March 16, 2025
घरस्थानीय“लागु औषध विरुद्ध जिल्लाव्यापी अभियान २०८१”

“लागु औषध विरुद्ध जिल्लाव्यापी अभियान २०८१”

- Advertisement -

परासी, माघ २२ । पश्चिम नवलपरासीमा “लागु औषध विरुद्ध जिल्लाव्यापी अभियान २०८१” सुरु गरिएको छ ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनु भएको छ । पछिल्लो समय बढ्दै गएको लागु औषध दुव्र्यसन र ओसारपोसार नियन्त्रण गर्नका लागि “लागु औषध विरुद्ध जिल्लाव्यापी अभियान २०८१” आईतवार शुभारम्भ गरिएको भन्नु भएको छ । गत विहिवार जिल्लाकै एक लागु औषध कारोबारीको घरबाट लागु औषध नियन्त्रणमा लिनका लागि प्रहरीले चार राउण्ड गोली समेत प्रहार गर्नुपरेको थियो । जस्ले जिल्लामा लागु औषध नियन्त्रणका लागि चुनौती वारे स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले भन्नुयो, “लागु औषध नियन्त्रणका लागि विशेष निगरानी बढाईएको छ । तरपनि रोकथामका लागि सबैको सहयोगको आवश्यक रहेको छ ।”

जिल्लामा तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आ.व. २०७८÷०७९ मा ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको हो । जस्मा ५२ जना पुरुष र एकजना महिला गरी ५३ जना नेपाली र नौं विदेशी (भारतीय) पुरुष रहेका छन् । यसैगरी आ.व. २०७९÷०८० जम्मा ३७ र आ.व. २०८०÷०८१ मा ४७ जनालाई प्रहरीले मुद्धा चलाएको थियो । आ.व. २०८०÷०८१ मा तीनजना महिला पनि रहेका छन् । जिल्लामा पछिल्लो समय महिलाहरु पनि लागुऔषध ओसारपोसारमा लागेको तथ्यांकले देखाएको छ । र चालु आ.व. को माघ २१ गते सम्म ३२ जनालाई प्रहरीले मुद्धा चलाएको जनकारी दिएको छ । जस्मा एकजना नेपाली महिला र दुईजना विदेशी पुरुष रहेका छन् ।

पश्चिम नवलपरासी र भारतीय बजार संग जोडिएको जिल्ला भएको हुनाले यहाँ लागु औषध नियन्त्रण गर्न चुनौती नै रहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्