परासी, माघ १८ । पश्चिम नवलपरासीमा प्रहरीले लागु औषध नियन्त्रणमा लिन चार राउण्ड गाेली प्रहार गरेकाे छ ।
विहिवार राति ८ बजे जिल्लाकाे रामग्राम नगरपालिका १२ पचगाँवा बस्ने राजेश लाेनियाकाे घरबाट लागु औषध (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गाेली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएको छ । लाेनियाले बिक्रीबितरणका लागि लागु औषध घरमै राखेकाे प्रहरीले गाेप्य सूचना पाएकाे थियाे । साेहि क्रममा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्रहरी नायव निरीक्षक सागर भट्टराईको कमाण्डमा ५ जनाको टोली लोनियाको घरमा पुगि नियन्त्रणमा लिन खाेज्दा झडप भएकाे बाेहराले बताउनु भएकाे छ ।
प्रहरीले परिचय दिएर खानतलासी गर्दा लाेनिया प्रहरीकै माथि आक्रमण गर्न खाेजेका थिए । अवस्था तनावपूर्ण बनेकाे र उनी भाग्न खाेज्दा प्रहरीले गाेली प्रहार गर्दा लाेनियाकाे बायाँ साप्रामा एक राउण्ड गाेलि लाग्दा उनी घाईते भएकाे बाेहराले बताउनु भएकाे छ । उनकाे जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेकाे र अवस्था समान्य रहेकाे प्रहरीले जनाएकाे छ । उक्त स्थानबाट ९३ पुरिया (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागु औषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागु औषध किनबेचमा संलग्न रहेको अर्का एकजना ब्यक्ति फरार भएका छन् । प्रहरीले तिनलाई पनि खाेजिरहेकाे जनाएको छ ।