Monday, May 12, 2025
घरसमाजलागुऔषध र तस्करी रोक्न अस्थायी प्रहरी पोष्ट

लागुऔषध र तस्करी रोक्न अस्थायी प्रहरी पोष्ट

- Advertisement -

परासी, मंसिर २९ । लागुऔषध र तस्करी नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालयले बर्दघाट नगरपालिकाको वडा नं.१२ भटौलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोे हो ।

अस्थायी प्रहरी पाेष्टलाइ उद्घटन गर्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालले आज स्थपना भएको अस्थायी प्रहरी पोष्टले यस क्षेत्रमा शान्ति सुरक्षा कायम हुने बताउनु भएको छ । उहाँले भन्नु भयो यस प्रहरी पोष्टले यहाँको अवस्था लाई बुझेर स्थानिय संग सहकार्य गरी समाजमा हुने विभिन्न प्रकारको अपराधिक घट्ना तथा अन्य घट्नालाई रोक्ने काम गर्ने छ । धेरै पटक यहाँका स्थानियहरु ले प्रहरी पोष्ट स्थापनाको लागि माग गर्नु भएको थियो । आज अस्थायी प्रहरी पोष्ट स्थापनाले यहाँका स्थानियमा खुशि समेत छाएको प्रमुख जिल्ला अधिकारी आर्यालले बताउनु भयो । हुलाकी राजमार्गमा कुनै पनि प्रहरी कार्यालय वा पोष्ट नभएको कारणले ईलाका प्रहरी कार्यालय सेमरी, बर्दघाट वा जिल्ला प्रहरी कार्यालयले काम गर्नुपर्ने अवस्था थियो जुन दुरीको हिसाबले निकै टाढा समेत भएको थियो । अहिले स्थापना भएको अस्थायी प्रहरी पोष्ट बजार क्षेत्र र बस्तीहरु पनि भएको हुनाले यसको महत्व निकै रहेको प्रमुख जिल्ला अधिकारी आर्यालले भन्नु भयो ।

जिल्लाको सिमावर्ती क्षेत्रबाट हुने लागुऔषध ओसारपोसार तथा सेवनलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालयले हुलाकी बाटोको भटौलियामा प्रहरी पोष्ट राखेको हो । भारतिय बजारबाट ल्याईने लागुऔषधलाई बेचविखनको लागि भटौलिया बजार मुख्य केन्द्रविन्दु बन्दै गएको हुनाले प्रहरी पोष्ट स्थापनाले न्युनिकरण हुने बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । लागुऔषधले समाजमा विभिन्न किसिमको अपराधहरु हुने गर्दछ । त्यसलाई रोक्न प्रहरी र विनावर्दिको प्रहरी अर्थात समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको मेयर श्रेष्ठले भन्नु भएको छ ।

धेरै लामो समयदेखि भटौलिया बजार तथा आसपासका नागरिकहरु ले अस्थायी प्रहरी पोष्टको माग गर्दै आएका र आज स्थापना समेत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजि कुमार आर्चायले बताउनु भएको छ । प्रहरी पोष्ट स्थापनाले त्यस क्षेत्रमा सिमावर्ती नाकाबाट हुने तस्करी तथा लागुऔषध बेचविखनलाई समेत नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । अहिले स्थापना भएको प्रहरी पोष्टकै कारण धेरै तस्करहरुको होस् समेत उडेको हुन सक्ने प्रहरी उपरिक्षक आर्चायले भन्नु भयो । हुलाकी बाटोको करिब १४÷१५ किलोमिटरको बिचमा कुनै पनि प्रहरीचौकि र प्रहरी पोष्ट नभएको कारणले कुनै पनि घट्नालाई रोक्न चुनौति नै बनेको थियो । उक्त क्षेत्रमा दुर्घटना वा अन्य कुनै घट्ना हुँदा त्यस क्षेत्रमा ईलाका प्रहरी कार्यालय सेमरीले काम गर्नुपर्ने अवस्था थियो जुन दुरीको हिसाबले कठिनाई नै भईरहेको थियो प्रहरी उपरीक्षक आर्चायले भन्नु भयो । अहिले असईकोे कमाण्ड सहित ५ जना प्रहरीलाई उक्त पोष्टमा खटाईएको छ । प्रहरी पोष्ट स्थापना भएको ठाउँमा प्रहरीको लागि जग्गा छुट्याएर प्रहरीको नाममा कित्ता काटको काम समेत पनि पुरा भएको र लालपुर्जा मात्र पाउन बाँकी रहेको प्रहरी उपरीक्षक आर्चायले भन्नु भयो ।

पश्चिम नवलपरासीमा २८ वटा प्रहरी पोष्टहरु रहेको छ । ति युनिटहरुमा ठाउँ र अवस्था अनुसार प्रहरी निरीक्षक, प्रहरी असई र प्रहरी हवल्दारको कमाण्डमा प्रहरीहरु खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्