Saturday, December 14, 2024
घरअर्थलाखौँ मूल्य पर्ने चोरीको समान बरामद

लाखौँ मूल्य पर्ने चोरीको समान बरामद

- Advertisement -spot_img

नेपालगन्ज, भदौ २१ गते। बाँके जिल्लामा हाल आएर फेरि चोरी पैठारी गर्ने क्रम बढेको छ। भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा विभिन्न बाटोको प्रयोग गरेर चोरी गर्ने सक्रिय भएका छन्। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर  ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटले जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४२५ रुपियाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेपछि चोरी पैठारी बढेको पुष्टि भएको हो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडाइ गरेर चेकजाँच र गस्तीमा तीव्रता ल्याएपछि चोरी पैठारीका सामान धमाधम बरामद हुन थालेका छन्। 

सोही क्रममा सशस्त्र प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट तीन लाख ३७ हजार ९२० रुपियाँको लत्ताकपडा, किराना सामान, एक लाख ४९ हजार ६ सय रुपियाँको हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।

यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाहा) बाँकेले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट एक लाख ६२ हजार ९६० रुपियाँ राबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँकेले दिएको जानकारी अनुसार सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९०० रुपियाँ बराबरको किराना तथा इलेकट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट पाँच लाख ५० हजार ७०० रुपियाँ बराबरको लत्ताकपडा र ५० हजार रुपियाँ बराबरको ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ।

यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार ३४५ रुपियाँ बराबरको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुइयाबाट ४० हजार रुपियाँ बराबरको लत्ताकपडा तथा बिओपी गङ्गापुर बाँकेले नरैनापुर गाउँपालिका १ मटैयाबाट १३ हजार २०० रुपियाँ बराबरको बोईलर कुखुराको मासु बरामद गरेको जनाइएको छ।

बरामद सामान नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ भने बोइलर कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँकेले जनाएको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्