Wednesday, June 12, 2024
घरखेलकूदलखनउविरुद्ध दिल्लीको ६ विकेटले जित

लखनउविरुद्ध दिल्लीको ६ विकेटले जित

- Advertisement -spot_img

वैशाख १ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ ।

सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

लखनउका क्विन्टन डिकक १९, के एल राहुल ३९, देवदत्त पाडिकल ३, मार्कस स्टोइनस ८, दीपक हुडा १३ तथा कुणाल पाण्ड्या ३ रनमा पेभेलियन फर्किए । त्यस्तै निकोलस पुरन शून्य रनमा पेभेलियन फर्कंदा आयुस बधोनीले नटआउट ५५ रनको योगदान दिए भने अर्सद खान २० रनमा अविजित रहे । दिल्लीका लागि कुलदीप यादवले ३ विकेट लिए । खलिल अहमदले २ विकेट लिएको खेलमा इशान्त शर्मा र मुकेस कुमारले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका पृथ्वी साहले ३२ रन जोडे । त्यस्तै डेभिड वार्नर ८, जेएफ मागरकले ५५ रन जोडे भने रिशव पन्त ४१ रन जोडेर आउट भए । तिर्स्तान स्टबस १५ र साइ होप ११ रनमा नटआउट रहे । बलिङतर्फ लखनउका रवि विस्नोइले २ विकेट लिए । त्यस्तै नवीन उल हक र यस ठाकुरले समान १/१ विकेट लिए । shilaptra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्