Friday, May 23, 2025
घरराजनीतिरेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानबिनको माग

रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानबिनको माग

- Advertisement -

काठमाडौँ, वैशाख २३ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै अध्यक्ष श्रेष्ठले यस्तो माग गर्नुभएको हो ।

लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उहाँको भनाइ छ । यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिब पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो ।

उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । श्रेष्ठले चौधरीको गिरफ्तारी सङ्घीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गर्नुभयो  ।

‘‘हामी सरकारमै छौं तर लोकतन्त्रको मुल लक्ष्य भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु नै लोकतन्त्रको मर्म । आज म सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु–कसरी एक निर्वाचित जनप्रतिनिधि, जननेता कार्यक्रमस्थलबाटै यस्तो तवरले पक्राउ पर्छन् ।  कसरी व्यक्तिगत रिसिबीलाई कानूनभन्दा माथि राख्छन् ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘यो घटनाको गहिरो अध्ययन होस् । किनभने यहाँ केबल एक जनाको गिरफ्तारी होइन । सङ्घीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गते भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानविन होस् । रेशम चौधरीज्युप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् ।’’ नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्