Friday, May 23, 2025
घरराजनीतिरेशम चाैधरी रिहा

रेशम चाैधरी रिहा

- Advertisement -

काठमाडौँ, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिनुभयो ।

बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुग्नुभएका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो ।

तत्पश्चात् सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कैदमा राख्न कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक नभएको भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका  अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्