Thursday, December 5, 2024
घरसमाजरुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

- Advertisement -spot_img

रुकुमपश्चिम, मङ्सिर १३ गते । रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । 

आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिए । टिकुको मङ्सिर १० गते र खलीको १२ गते मृत्यु भएको हो । 

त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ । कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मङ्सिर ५ गते ८० बर्सिया पद्मी ओली र मङ्सिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो । 

सानी भेरी गाउँपालिकामा पनि चिसोको कारण एक जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिका–१ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर  १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने गरी उहाँहरू त्रिपालमा बस्दै आएका थिए । मृतक ज्येष्ठ नागरिकहरू दीर्घ रोगी रहेको समेत बताइएको छ ।  गाेरखापत्र दैनिक पत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्