Sunday, March 16, 2025
घरशिक्षाराहत शिक्षकले परीक्षा दिन पाउने, फेल भए आर्थिक सुविधा

राहत शिक्षकले परीक्षा दिन पाउने, फेल भए आर्थिक सुविधा

- Advertisement -

काठमाडौं, भदौं २७ । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरु लाई स्थायी हुनका लागि सरकारले एक विद्येयक ल्याएको छ ।

उनीहरुका लागि उमेर हद नलाग्ने गरी स्थायी हुनलाई सरकारले विद्यालय शिक्षा विधेयक ल्याएको छ । राहत शिक्षकलाई स्थायी हुने मौका दिनका लागि सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । जस्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नेपालमा ४४ हजार राहत शिक्षक छन् ।

‘‘कुल दरबन्दीको ५० प्रतिशत सिटमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरु मध्येबाट सीमित प्रतिस्पर्धाका आधारमा र बाँकी ५० प्रतिशत सिटमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिनेछ’, विधेयकमा भनिएको छ । यसरी सरकारले ल्याएको विधेयकमा छुट्याइएको पचास प्रतिशत सिटको विज्ञापनमा पदपूर्ति हुन नसकेमा अर्को वर्ष फेरी खुला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पूर्ति गरिनेछ भनिएको छ । तर पनि परीक्षा दिएर स्थायी हुन नसकेका शिक्षकलाई आर्थिक सुविधा दिएर बिदा गरिने प्रस्तावित विधेयकमा रहेको छ । जस्मा शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकले सेवा अवधिको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछन् प्रस्तावित विधेयकमा उल्लेख छ ।
आधारभूत तहको विषयगततर्फ द्वितीय र प्रथम श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने २० प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत एक श्रेणी मुनिका स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

माध्यमिक तह द्वितीय श्रेणीको खुला प्रतियोगिताबाट पूर्ति हुने पदमा कम्तीमा माध्यमिक तहको तृतीय श्रेणी वा सो सरहको शिक्षक पदमा पाँच वर्ष अध्यापन गरेको शिक्षकहरु मध्येबाट प्रतिस्पर्धाको आधारमा पदपूर्ति गरिनेछ । तर त्यस्तो शिक्षकले कुनै विद्यालयमा एक बर्षभन्दा कम अवधि अध्यापन गरेको भएमा त्यस्तो सेवा अवधि गणना गरिने छैन ।
माध्यमिक तहको तृतीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने तीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने बीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका एक श्रेणी मुनिका स्थायी विषयगत शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस्तै स्थायी शिक्षकले समान पदमा प्रतिस्पर्धा गर्न पाउने छैन । साथै, प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए ऐन प्रारम्भ हुँदाका बखत कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई आयोगबाट लिइने माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुला तर्फको विज्ञापनमा भाग लिन उमेर हद लाग्ने छैन । स्रोत अनलाईनखबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्