काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले गृह मन्त्रालयलाइ नछाेड्ने अडान समेत रहेकाे छ ।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति स्वर्णिम वाग्लेले बताउनु भएकाे छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति वाग्लेले बताउनु भएकाे हाे । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उहाँकाे भनाइ छ ।
‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उहाँले भनु भयाे, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् । अनलाइन खबर