Friday, March 21, 2025
घरअर्थनेपाल राष्ट्र बैङ्कद्धारा तीन बैङ्क कारबाहीमा

नेपाल राष्ट्र बैङ्कद्धारा तीन बैङ्क कारबाहीमा

- Advertisement -

काठमाडौँ, माघ ९ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआइसी एसिया बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ ।

एनआइसी एसिया बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको भेटिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले यसरी दिइएको बढी ब्याज रकम फिर्ता गर्न निर्देशन दिएको छ भने बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र सङ्घाईलाई नसिहत दिएको छ ।

राष्ट्र बैङ्कबाट एनआइसी एसिया बैङ्कको स्थलगत निरीक्षणको क्रममा बैङ्कले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिम भारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको राष्ट्र बैङ्कले जनाएको छ । जस अनुसार निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्ने तथा नगराउने, निर्देशन पूर्ण रूपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्ने, ब्याजदरसम्बन्धी निर्देशन उल्लङ्घन नगर्ने पनि राष्ट्र बैङ्कले बैङ्कलाई भनेको छ ।

राष्ट्र बैङ्कले जारी गरेको पुँजी पर्याप्तता ढाँचा २०१५ अनुरूप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन सो बैङ्कलाई नियमित रूपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

साथै कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था आफ्नो निर्देशन अनुरूप हुने गरी गर्न तथा राष्ट्र बैङ्कले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनको पूर्ण रूपमा पालना गर्न/गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैङ्कले एनआइसी एसिया बैङ्कलाई निर्देशन दिएको छ ।

यस्तै प्रभु बैङ्कले नियमविपरीत सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारण सभाबाट पारित गरेको, बैङ्कको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरेको राष्ट्र बैङ्कले जनाएको छ । नियुक्त गरिएका सञ्चालकलाई पदबाट हटाउन बैङ्कको सञ्चालक समितिलाई राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैङ्कबाट जारी निर्देशनको पालनामा कमजोरी देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियत समयमै सुधार गर्न बैङ्क अग्रसर रहेको नदेखिएको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानीबापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नभएको भन्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैङ्कले सचेत गराएको छ ।

कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाको पालना नगरेको भन्दै हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैङ्कले सचेत गराएको छ । गाेरखापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्