Friday, December 6, 2024
घरबर्दघाटराष्ट्रिय गानपछि नगरको सेवा प्रवाह

राष्ट्रिय गानपछि नगरको सेवा प्रवाह

- Advertisement -spot_img

बर्दघाट, साउन १७ । बर्दघाट नगरपालिकाले हरेक दिन राष्ट्रिय गानपछि सेवाग्राहीलाइ सेवा दिने गरेकाे छ । कार्यालय समय सुरु भएपछि कर्मचारी र जनप्रतिनिधिहरू राष्ट्रियगानमा सरिकभएपछि मात्रै सेवा दिने गरिएको छ ।

कार्यालय प्राङ्गणमा स्पिकर लगाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रिय गान गाएर कार्यालयकाे सेवा दिने कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभएकाे छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी र नगरप्रहरीहरू लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् । नगरपालिकाले हरेक दिन ठिक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रप्रति सम्मान जनाउँदै आएको छ ।

राष्ट्रिय गानमा सहभागी हुनुपर्ने भएपछि कर्मचारी हरू पनि ठिक समयमै उपस्थिति हुने हुँदा यो अभ्यास सकारात्मक हुने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्