Friday, December 13, 2024
घरसमाचारराष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट

- Advertisement -spot_img

बाकु (अजरबैजान), कात्तिक २८ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले बुधबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै हुनुहुन्छ । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी हुनुहुनेछ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल साेमबार यहाँ आइपुग्नुभएको हो । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्