राजविराज (सप्तरी), चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो ।
राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गर्नुभयो । गाेरखापत्र अनलाइन