काठमान्डाैं, पुष १७ । नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत आफ्नो दृष्टिकोँणका राख्नुका साथै एमालेले गरेको कारबाहीबारे आफ्नो भनाइ राख्नु भएकाे छ ।
उहाँले एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिलेकाे बताउनु भएकाे छ । रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको र देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित आह्वान गर्नुभएकाे छ । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उहाँको दावी गर्नुभएकाे छ ।
रावलले भन्नुभयाे, “मुलुकको कूटनीति कमजोर बनेको छ, जमिन बाँझो छ, युवाहरू विदेशिएका छन् र देशमा ठूला भ्रष्टाचारको मुद्दा पनि उस्तै रहेकाे छ ।” देशमा बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै त्यसको वातावरण बनाएको रावलले आरोप लगाउनु भयाे । अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उहाँले बताउनु भयाे । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने भन्नुभयाे ।
आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने उनले बताउनु भएकाे छ । उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित आह्वान गर्नुभएकाे हाे ।
यस्तै उहाँले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गराउनु भयाे ।