Wednesday, October 9, 2024
घरपर्यटनरामग्राम स्तूप परिसर उत्खन्नमा भेटियो प्राचिन ईतिहासका अवशेषहरु

रामग्राम स्तूप परिसर उत्खन्नमा भेटियो प्राचिन ईतिहासका अवशेषहरु

- Advertisement -spot_img

अनिल यादव, परासी,मंसिर ११ । पश्चिम नवलपरासीको रामग्राम स्तूपको परिसरमा उत्खन्न गर्दा पुरातत्व अवशेषहरु भेटिएको छ । रामग्राम नगरपालिका वडा नं. ७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खन्न गर्दा त्यहाँ प्राचिन कालका संरचनाहरु भेटिएको छ ।

आज लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा पत्रकार सम्मेलन गरेर उत्खन्नमा भेटिएको प्रमाणहरु को वारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिख देखि शुरु गरिएको उत्खन्नमा प्राचिन कालका विहारका विभिन्न ईटाका पर्खालहरु र पोखरी फेला परेको युनेस्कोको एडभाईजर तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले बताए । उनका अनुसार यस क्षेत्रमा प्राचिनका विभिन्न भौतिक संरचनाहरु रहेको छ । भगवान गौतम बुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा शुरुमा जियोफिजिक्स द्धारा केही आधारहरु खोज्ने प्रयास गरिएको थियो । उक्त जियोफिजिक्स कै आधारमा उत्खन्न गरेपछि ति भौतिक संरचनाहरु फेला परेको प्रोफेसर कनिङ्गमले बताए । रामग्राम स्तूप भगवन गौतम बुद्धको ८ अस्तिधातु मध्येको एक हो । बाँकी ७ वटा अस्तिलाई विभिन्न राजाहरुले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाडे पनि रामग्राम स्तूपको भने कोलि राज्यले सिँगो नै राखेका थिए । जसको महत्व अन्य स्तूप भन्दा बढि रहेको छ । यस्तै पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुवंरले उत्खन्नमा भेटिएको प्रमाणहरु बाट काल निर्धारण गरिने बताएका छन् । उनका अनुसार अहिले भेटिएको विभिन्न प्रमाणले यहाँ कुन कालको संरचना हो, कस्तो मान्छे बस्थे लगायतको कुराहरु खुल्ने बताएका छन् । यस्तै पछिका दिनहरुमा पनि यस क्षेत्रमा उत्खन्न कार्यलाई निरन्तर दिईने कुवंरले बताए । रामग्राम स्तूपलाई केन्द्र विन्दु मानेर एक हजार मिटर चारै दिसा तर्फ खोज अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको बताए ।

रामग्राम र लुम्बिनी संगै संम्बन्धित रहेको पण्डितपुरमा पनि जियोफिजिक्सको काम भईहरको प्रवक्ता कुवंरले बताए । त्यहाँ पनि केही तथ्यहरु जियोफिजिक्स बाट भेटिएको छ । जुन प्राचिनकालको शहर हुन सक्ने अनुमान गरिएको उनले भने । यि क्षेत्रहरुमा रहेको संरचानाहरु लाई संरक्षण गर्नका लागि स्थानिय तहलाई लुम्बिनी विकास कोषले ध्यानकर्षण गराएको छ । यसैविच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुमिबनी विकास कोषलाई लुम्बिनी मै सिमित नभई रामग्रामलाई पनि गुरुयोजना अन्तर्गत विकास गर्न आग्रह गरेका छन् । रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्यांक के कति ? कसै संग नभएकोले संवेदनशिल हुन समेत भनेका छन् । रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासका लागि २० लाख रकम विनियोजन पनि गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताएका छन् ।

ओरियन्टल कलचरल हेरिटेज प्रोटेक्सन एलाईन्स फन्डको आर्थिक सहयोग तथा युनेस्को, दुरहम युनिभर्सिटि र लुम्बिनी विकास कोषको संयोजनमा भईरहेको उत्खन्न गरिएकाे हाे ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्