परासी, फागुन ३० । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षुहरु आउने भएका छन् । जिल्लाको रामग्राम नगरपालिका–७ उजैनी स्थित स्तूपमा चैत्र ४ गते आईतवार भिक्षुहरु आउने रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ ।
रामग्राम स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्राथ्नाका लागि भिक्षुहरु आउँदै गरेको नगरपालिकाका मेयर यादवले बताउनु भयो । दिउँसोको पुजा पछि साँझ बत्ति बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देश बाट आउने ति भिक्षुहरुले परासी बजारबाट पैदल यात्रा गर्दै स्तूप सम्म जानेछन् । त्यसका लागि नरगपालिका सरसफाई तथा व्यवस्थापनमा जुटेको छ । भिक्षुहरुलाई स्तूपको मुख्य गेटबाट फुल बिछ्याएर स्वागत समेत गरिने उहाँले भन्नु भयो । यति धेरै संख्यामा भिक्षुहरु आउनु भनेको नरगरबासी तथा पालिकाका लागि गौरबको कुरा भएको भन्दै उहाँले सबै संघ–संस्था र स्थानीयहरु लाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह समेत गरिने बताउनु भयो ।
उक्त कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारी समेत तोकेकोे जनाएको छ । स्तूपलाई बत्ति (लाईट) बाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।