Saturday, April 13, 2024
घरपर्यटनरामग्राम स्तूपमा उत्खानन्, स्तूप वारे ईतिहास खोजिँदै

रामग्राम स्तूपमा उत्खानन्, स्तूप वारे ईतिहास खोजिँदै

- Advertisement -spot_img

अनिल यादव, परासी, कात्तिक २३ । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन् कार्य सुरु भएको छ । रामग्राम नगरपालिकाको वडा नं. ७ मा रहेको रामग्राम स्तूपमा स्तूपको वारेमा ईतिहास पता लगाउनका लागि उत्खनन् कार्य सुरु भएको छ ।

१ नोभेम्बर देखि सुरु भएको उत्खन्नमा स्तूपमा रहेको विहार र ठुलो पोखरीको भौतिक संरचना पता लगाउनका लागि उत्खनन् सुरु भएको युनेस्कोको एडभाईजर तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिङ्गमले बताए । भगवान बुद्धको सिँगो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा उक्त भग्नावशेषहरु लाई खोज्नका लागि उत्खनन् कार्य भईरहेको छ । त्यहाँ अनुमान गरिएको विहार र पोखरीको पर्खाल एउटै छ कि फरक छ त्यसको विषयमा पनि अध्ययन अनुसन्धान गरिने छ । त्यस्तै विहार निकै ठुलो क्षेत्रमा फलिएको प्रोफेसर कनिङ्गमको भनाई छ । यस्तै यि क्षेत्रहरुमा रहेको भग्नावशेषहरु कहिले, कसरी, कस्को ? समयको हो भन्ने विषयमा बैज्ञानिक कुराहरु अध्ययन गरिने प्रोफेसर कनिङ्गमले भने । रामग्राम स्तूप पुरै पुरातात्विक क्षेत्र रहेको कनिङ्गमले बताएका छन् । उनले भने रामग्राम स्तूपको विकासको लागि लुम्बिनी विकास कोषले बनाएको गुरुयोजना अन्तर्गत रामग्राम स्तूपको विकास गर्नका अहिलेको उत्खन्नको कार्य भईहरको छ । रामग्राम स्तूपको वारिपरि बनाईएको भौतिक संरचनाले पुरातत्विक क्षेत्रमा असर समेत पर्ने कनिङ्गमको भनाई छ । स्तूप वरिपरि विभिन्न भौतिक संरचना (घर) हरु निमार्ण भएको छ । रामग्राम स्तूपमा गरिने भौतिक संरचनाको विकासलाई योजना बनाएर मात्रै गर्न प्रोफेसर कनिङ्गमको सुझाव दिएका छन् । विना योजनाको जताततै बनाईने भौतिक संरचनाले स्तूपको महत्व विग्रिने र पुरातत्विक प्रमाणहरु समेत हराएर जाने उनको भनाई छ् । अहिलेको सम्म उत्खन्नमा केहि ईटा तथा पर्खाल जस्तो तहहरु मात्रै भेटिएको छ ।

यस्तै लुम्बिनी विकास कोषको बरिष्ठ पुरातत्वविद्ध अधिकृत हिमाल उप्रेतिले रामग्राम स्तूपमा पहिला मानव वस्तीको विकास थियो कि नाई, कहिले देखि, के–के थियो ? लगायतको विषयमा अध्ययन गर्नको लागि अहिलेको उत्खन्न कार्य भईहरको बताएका छ्न । सन् २००८ तथा ०९ मा रामग्राम स्तूपमा जियोफिजिक्स गर्दा जमिनको सतह मुनि ठुलो विहार र पोखरीको भगनावशेषहरु देखिएको पुरातत्वविद्ध उप्रेतिले बताए । अहिलेको भएको उत्खन्न बाट यस स्तूपको ईतिहास दिईने उप्रेतिको भनाई छ । रामग्राम स्तूप कहिलेको हो ? त्यसको बैज्ञानिक प्रमाण र नाम दिन आवश्यक रहेको पुरातत्वविद्ध उप्रेतिले बताए ।

सन् २००४ सालमा यस स्तूपमा पुरातत्व विभागका शुक्र सागर श्रेष्ठले स्तुपको पश्चिम क्षेत्रमा पहिलो पटक उत्खन्न गराएका थिए । त्यसपछि उत्खन्नको काम अहिले यो दास्रो पटक भएको बरिष्ठ पुरातत्वविद्ध उप्र्तिले बताए । ओरियन्टल कलचरल हेरिटेज प्रोटेक्सन एलाईन्स फन्डको आर्थिक सहयोग तथा युनेस्को, दुरहम युनिभर्सिटि र लुम्बिनी विकास कोषको संयोजनमा भईरहेको उत्खन्न कार्य २८ नोम्भेर अर्थात २८ दिन सम्म चल्ने छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्