Tuesday, October 8, 2024
घरपर्यटनरामग्राम स्तुपमा पुगेन लुम्बिनी विकास कोषको ध्यान, रामग्रामले ल्यायो स्तुप विकास कोष...

रामग्राम स्तुपमा पुगेन लुम्बिनी विकास कोषको ध्यान, रामग्रामले ल्यायो स्तुप विकास कोष ऐन

- Advertisement -spot_img

परासी, १२ साउन । लोमो समय देखि विकासको पर्खाईमा रहेको रामग्राम स्तुप विकासको लागि रामग्राम नगरपालिकाले नेतृत्व गर्ने त्यारी गरेको छ ।

बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका आठ स्तुप मध्ये सिगोँ अस्तु भाग रहेको रामग्राम स्तुपको छुटै महत्व रहेको छ । तर लुम्बिनी विकास कोषको अधिनमा रहेको उक्त स्तुपलाई वेवास्ताले ओझेलमा परेको छ । लुम्बिनी विकास कोष लुम्बिनी मै सिमित रहेर काम गरेपछि रामग्राम नगरपालिकाले रामग्राम विकास कोष ऐन ल्याएर नेतृत्व लिने भएको जानकारी गराएको छ । बुद्ध धर्मावलम्बीहरु ले रामग्राम स्तुपमा ध्यान र अवलोकन गर्न दिनहु जसो आउने गरेका छन् । यहाँ थाईल्याण्ड, श्रीलंका, भेतनाम, कोरिया, जपान चाईना र भारतका पनि बौद्धिष्टहरु आउने गरेका छन् । तर यो स्तुपको विकास नभएको कारणले स्तुप ओझेलमा परेको स्थानिय शम्भु उपाध्ययले बताए । लुम्बिनी विकास कोषले लुम्बनी मै सिमित भएर काम गरेको उपाध्ययले भने ।

पर्यटकहरु स्तुपमा त आउँछन् तर बास बास्नको लागि कुनै व्यवस्था छैन नत खानेपानी को छ । रामग्राम स्तुप पुरात्तात्वीक ठाँउ भएको कारणले कुनै पनि संरचना गराउनको लागि लुम्बिनी विकास कोषलाई जानकारी गराई वा विना उसको सहमति कुनै पनि विकास गर्न नमिल्ने बाध्यता रहेको रामग्राम नगरपालिका का मेयर धनपत यादवले भने । लुम्बिनी विकास कोषले नत रामग्राम स्तुपमा केही काम गर्छ नत रामग्राम नगरपालिकालाई गर्न अनुमति दिन्छ जस्को कारणले रामग्राम स्तुप विकासको पर्खाईमा रहेको नगरप्रमुख यादवको भनाई छ । विकास नभएकै कारणले ठुलो महत्व बोकेको रामग्राम स्तुप खासै व्यवस्थित देखिदैन् । त्यसैले रामग्राम नगरपालिकाको ठुलो पर्यटकिय सम्भावना रहेको रामग्राम स्तुप विकास गर्नको लागि कार्यविधि बनाएर रामग्राम विकास कोष ऐन १२ औं नगरसभा बाट पास गरेको नगरपालिकाका मेयर यादवले बताए । लुम्बिनी विकास कोषको अधिनमा रहेको रामग्राम स्तुपलाई लुम्बिनी विकास कोषले विकास गर्नमा चाँसो नदेखाएपछि रामग्रामले उक्त रामग्राम विकास कोष ल्याएर पास गरेको जनाएको छ । नगरपालिकाले बनाएको ऐन लुम्बिनी विकास कोष संग बाँझिएको खण्डमा परिमार्जित गरि सहकार्य गरेर अगाडि बढ्ने मेयर यादवले भने ।

यता लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा साक्यले रामग्रामले ल्याएको रामग्राम विकास कोषको वारेमा जानकारी नभएको बताए । उनका अनुसार लुम्बिनी विकास कोषले रामग्राम स्तुप विकासको लागि प्रयासरत रहेको भने । हाल लुम्बिनी विकास कोषले रामग्राम स्तुप विकासको लागि रामग्रामको गुरुयोजना अन्तर्गत नेपाल सरकार संग स्रोत उपलब्ध गराउनको लागि अनुरोध गरेको सदस्य सचिव शाक्यले भने । रामग्राम स्तुपमा २६ विग्हा जग्गा लुम्बिनी विकास कोष तथा पुरातत्व विभाग अन्तर्र्गत अधिग्रहण गरिए पनि करिब ३÷४ सय विग्हा अधिग्रहण गर्न आवश्यक देखिएको शाक्यले भने । उक्त स्तुपमा ३ जना कर्मचारी (सेक्युरिटि गार्ड) लुम्बिनी विकास कोषले राखेको छ ।

अहिले सम्म लुम्बिनी विकास कोषले उत्खनन, पुजा (प्रर्थन) गर्ने स्थल, स्तुप परिक्रममा गर्नको लागि काठको हिड्ने बाटो (पथ) र चर्पी (ट्वाईलेट) लगायतको काम गरेको छ । तर चर्पी हाल प्रयोग विहिन बनेको छ ।पानीको सुविधा नभएको र सफाई नभएको कारणले चपी प्रयोग विहिन रहेको छ । भने काठ बनाईएको परिक्रमा बाटो (अंग्रेजिमा उड पथ) अहिले जिर्ण भएको छ । कतिपय ठाउँमा काठमा लगाईएको नट बोल्टहरु खुले र काठ कुहिएर भोवाङ्ग समेत परेको छ ।
संसार भरि रहेका ८ स्तुप मध्ये ७ वटा लाई ८४ हजार टुक्रमा बाडिएको छ तर रामग्राम स्तुप लाई टुक्र पारिएन जुन सिंगो रहेको कारणले यस्को महत्व बुद्ध धर्ममा ठुलो मानिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्