गौरीशंकर जयसवाल
परासी बैशाख १० । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषण गरिँदै छ ।
नगरपालिकालाई विहिवार एक कार्यक्रमको विच पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषण गरिने नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । नगरपालिका भित्र रहेका १५ महिना भित्रका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्रका खोप लगाईसकेको प्रमाणिकरणपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषण हुनलागेको यादवले बताउनु भएको छ । जिल्ला खोप समन्वय समितिले अनुगमन गरेर पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणका गर्नका लागि प्रमाणीकरण गरेको छ । नगरपालिकाले सबै सूचकहरु पुरा गरेकोले पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा सुझाव दिईएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शमाले बताउनु भएको छ । उहाँका अनुसार पूर्ण खोप सुनिश्चित निर्देशिका बमोजिम गत माघ महिनामा घरधुरी सर्वेक्षण गरी चैत्र महिनासम्म खोप लगाउन छुटेका बालबालिकाहरु सबै खोप पुरा पाईएको बताउनु भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनका अनुसार नगरपालिका भित्र रहेका १६ देखी ५९ महिना सम्मका तीन हजार दुई सय २७ जना बालबालिकाहरू मध्येय २७ जना छुटेका बालबालिकाहरूकाे खोपका सबै मात्रा पुरा गरिएकाे छ । यसैगरि नियमित खाेप अन्तर्गत १५ महिना भन्दा मुनिका एक हजार १९ बालबालिकालाइ पनि सबै खाेप पुरा गरिएकाे छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माको नेतृत्वमा कार्यालय सुचना अधिकारी यमदेव न्यौपाने, लेखा अधिकृक नारायाण भट्टराई, पब्लिक हेल्थ अधिकृत कल्पान पौडेल, बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेल र पत्रकार लगायतको टोलीलले अनुगमन गरि बैठक बसेर घोषणाका लागि सुझाव दिएको हो ।