Thursday, January 16, 2025
घररामग्रामरामग्रामले विद्युत उत्पादन गरेर प्राधिकरलाई बेच्ने तयारी

रामग्रामले विद्युत उत्पादन गरेर प्राधिकरलाई बेच्ने तयारी

- Advertisement -spot_img

परासी, ९ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आफ्नै विद्युत उत्पादन गरेरे नेपाल विद्युत प्राधिकरणलाई बेच्न जानकारि गराएको छ ।

शुक्रवार सम्पन्न नगरपालिकाको १२औं नगरसभा बाट उक्त निती ल्याएको नगरपालिकाले पत्रकार सम्मेल गरि जानकारि गराएको छ । सोलार प्लान्ट मार्फत नगरपालिले प्वाईन्ट ९९ मेगावट बराबरको विधुत उत्पादन गरि बेच्ने जानकारि गएको हो । उक्त विधुत उत्पादनमा बैदेशिक सहायतामा उत्पादन गरि नेपाल विद्युत प्रधिकरणलाई नगरपालिकाले बेच्ने रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । उहाँले भन्नु भयो “व्रिटिस सरकारको वैकल्पिक उर्जा भन्ने एक संस्थाले ५० प्रतिशत लगानी गर्न तयार रहेको जस्मा नगरपालिकाले ५० प्रतिशत लगानी गरेर विधुत उत्पादन गर्छ” । उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणलाई बेचेपछि नगरापलिकाको एउटा आर्थिक स्रोत बन्ने उहाँको धारण रहेको छ । जिल्लामा केहि निजि उद्योगहरु पहिला देखि नै आफ्नो विद्युत उत्पदान गरेर नेपाल विद्युत प्राधिकरणलाई बेच्दै आएको भन्नु भयो ।

विद्युत उत्पदानको लागि रामग्राम नगरपालिकाले वडा नं. १८ को जनता मा.वि पण्डितपुरको वडा नं. १५ मा रहेको सार्वजनिक जग्गामा सोलार प्लाण्ट राखेर विद्युत उत्पादन गर्ने तयारि रहेको छ । त्यस्तै उत्पादन गर्न लगिएको विद्युतलाई प्रत्येक वर्ष बढाउँदै लैजाने नगरपालिका बताएको छ ।

यस्तै नगरपालिका भित्र ठुलो समस्याको रुपमा रहेको कृषि सिँचाईलाई पनि प्राथ्मीकतामा राखिएको नगरपालिकाले बताएको छ । गर्मीको मौसम हैन्डपाईपको पानी पनि सुखेपछि खानेपानीको समस्या भएकोले सबै वडामा खानेपानीको व्यवस्था गर्ने निती नरगसभामा उल्लेख गरिएको छ । शिक्षा तर्फ शैक्षिक गुणस्तर सुधार गर्नको लागि नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरु मध्ये ४ वटा विद्यालय लाई नमुना विद्यालय स्थापन गरिने नगरपालिकाले जानकारि गराएको छ ।

त्यस्तै नगरपालिकाले १२औं नगरसभा बाट १ अर्ब १७ करोड १८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ल्याएको बजेटमा संघिय र प्रदेश सरकारका सबै प्रकारको अनुदान सहित उक्त बजेट सार्वजनिक गरेको हो । जस्मा संघिय सरकार तर्फको ६७ करोड ५९ लाख, प्रदेश सरकार तर्फको ३ करोड ६२ लाख ७७ हजार रहेको छ । त्यस्तै नगरपालिकाको आन्तरीक राजस्व र चालु आ.ब. बाट बचत हुन सक्ने अनुमानित रकम गरि ४५ करोड १७ लाख ११ हजार छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्