Thursday, January 16, 2025
घररामग्रामरामग्राममा ४२ करोड लागतमा सडक विस्तार हुदै

रामग्राममा ४२ करोड लागतमा सडक विस्तार हुदै

- Advertisement -spot_img

परासी, असाेज २१ । नवलपरासीको रामग्राम नगरपालिकामा करिब ४२ करोडको लागतमा सडक विस्तार हुने भएको छ।

पोखरापाली–पंडितपुर सडक खण्ड अन्तरगतको वडा नम्बर ६ पोखरापालीदेखि वडा नम्बर १५ को घिनहवा चोकसम्मको साढे ५ किलोमिटर सडक विस्तार हुन लागेको मेयर धनपत यादवले बताए। विश्व बैंकको सहयोगका सडक विस्तार हुन लागेको हो। ६४ करोडमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले ४१ करोड ८६ लाखमा ठेक्का सकारेको हो। २०७४ सालमा छनौटमा परेको उक्त सडक योजनाको काम अघि बढाउन २०७८ सालमा आएर रामग्राम नगरपालिका र नेपाल सरकारबीच सहमति भएको थियो। गौतमबुद्धको पुरातात्विक क्षेत्र रहेको पंडितपुर जोड्नका लागि उक्त सडक विस्तार गर्न लागिएको हो।

लागतअनुसार पंडितपुरसम्म सडक विस्तार हुने छैन। पंडितपुर पुग्नका लागि बाँकी रहने ३ किलोमिटर सडक विस्तार नगरपालिकाको पहलमा क्रमशः गरिँदै लगिने मेयर यादवले बताए। सडक विस्तारका लागि रामग्राम नगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको छ। चाडपर्व सुरु भएकाले दसैं लगत्तै सडक विस्तारको काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ। १८ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने सम्झौता छ। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको उक्त सडक दुई लेनको हुने छ। सडकको कुल चौडाइ ४१ फिट रहेको छ। जसमा साढे २४ फिट कालोपत्रे सडक हुने छ। बाँकी स्थानमा नाला, फुटपात, गार्डेन, स्ट्रेट लाइट लगायतका संरचनाहरू निर्माण हुने नगरपालिकाले जनाएको छ।

नगरको महत्वपूर्ण र ठूलो आयोजनाका रूपमा रहेको सडक निर्माणपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्