भैरहवा, कार्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीमा मंगलबारदेखि उनको बयान भइरहेको छ । पहिलो दिन ३० वटा प्रश्न सोधिएकोमा आज उनलाई सोध्न ५० भन्दा बढी प्रश्न तयार रहेको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु भएको रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको छ ।
मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । Shilapatra