Monday, May 12, 2025
घरसमाचारयुवालाई अवसर दिनुपर्छः मन्त्री न्यौपाने

युवालाई अवसर दिनुपर्छः मन्त्री न्यौपाने

- Advertisement -

परासी, माघ १२ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले युवाहरु लाई अवसर दिनुपर्ने बताउनु भएको छ ।

पछिल्लो समय देशमा युवा पलायनको अवस्था भयावह देखिएको भन्दै युवा पिडिलाई अवसर दिएर स्वादेशमा रोजगारको वातावरण बनाउनु पर्ने मन्त्री न्यौपानेले बताउनु भएको छ । शुक्रवार पश्चिम नवलपरासीको परासी स्थित यातायात व्यवस्था सेवा कार्यालयको वर्ग थप कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा युवाहरु विदेश पलायन हुने अवस्था छ । युवाहरु लाई रोक्नका लागि योजना बनाएर सरकार अगाडि बढ्नु पर्छ । जस्मा तीनै तहको सरकारको भुमिका उत्तिकै आवश्यक छ ।” तीन तहका सकारले आ–आफुलाई अलग ठानेपनि नागरीकको बुझाई सबैले सेवा दिने हो । त्यसैले हामि संयुक्तरुपमा काम गर्नुपर्छ उहाँले बताउनु भएको छ । युवाहरु स्वदेशमै उद्यमी बनाउन सहज वातावरण बनाउनुपर्ने भन्नु भएको छ । एउटा युवा व्यवसायिले विभिन्न ठाउँमा कर तिर्ने र धाउनुपर्ने बाध्यताले थाकेर देश छोड्ने स्थिति छ । उनिहरु लाई एकै ठाउँमा कर तिर्न लगाउने र सोही अनुसार राजस्व बाडफाँड गरी सहज सेवा प्रदान गर्नुपर्ने मन्त्री न्यौपानेले बताउनु भएको छ ।

उद्योग मन्त्री न्यौपानेले भन्नु भयो, “अब सबै स्थानीय तहले आ–आफनो वडामा रहेका युवाहरुको संख्या यकिन गरि प्रत्येक आर्थिक वर्षमा ५० जना नसके २५÷३० जनालाई यही उद्यमी बनाउँछु । र उत्पादन संग जोड्छु भनेर प्रतिबद्ध भयौ भने युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।” आउने आर्थिक वर्षमा स्थानीय तहले वडाबाटै युवालाई चाहिने तालिमहरु पहिचान गरि प्रदेशमा पठाउनुस त्यसै अनुसार जिल्लाहरुमा कार्यक्रम जाने उहाँले भन्नु भएको छ ।

यसैगरी संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले यातायात सेवा कार्यालयको राजस्वले राज्य सञ्चालनमा सहज हुने बताउनु भएको छ । उहाँले यातायात कार्यालयको सेवा भाडाको घरबाट भईरहेकोले त्यसलाई आफ्नै भवनबाट सेवा सुचारु गराउनका लागि चाहिने जग्गा र भौतिक पूर्वधारको व्यवस्थापन गर्न मन्त्री न्यौपानेलाई आग्रहर समेत गर्नु भएको छ । कार्यक्रम लुम्बनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु), लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, जिल्ला समन्वय नवलपरासीका प्रमुख भगौती प्रसाद यादव र रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव लगायतले मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्