Sunday, March 16, 2025
घरकृषिमोवाईल ल्याव भ्यान सहित माटो परिक्षण शिविरमा २ सय कृषकद्वारा माटो परिक्षण...

मोवाईल ल्याव भ्यान सहित माटो परिक्षण शिविरमा २ सय कृषकद्वारा माटो परिक्षण ।

- Advertisement -

बुलिङ्गटार, माघ २७ । बौंदीकाली र वुलिङ्गटार गाउंपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटो परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग, स्थानीय पालिकाहरुको समन्वयमा कृषि ज्ञान केन्द्र नवलपुरले माटो परिक्षण घुम्ति प्रयोगशाला भ्यान मार्फत गरिएको हो । शिविरमा बौंदीकालीका १ सय १५ र बुलिङ्गटारका ८५ जना कृषकले माटो परक्षण गराएको कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्लेले जानकारी दिनुभयो ।

माटोको पिएच, नाईट्रोजन, फोस्फरस, क्यालसिय, प्राङ्गगरिक लेभल लगायतको परिक्षण गरिएको र यसबाट माटोको अम्लियपन, विरुवालाई आवश्यक तत्वको मात्रा जानकारी हुने माटो परिक्षण प्रयोगशाला पोखराका प्रमुख सुनिल पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार माटोको पिएच लेभलबाट अमलियपन थाहा हुने र यसको मात्रा बढी भएमा विरुवा बढ्न नसक्ने, सन्तुलनका लागि कृषि चुन प्रयोग गर्नुपर्ने हुन्छ । कृषकले माटोको प्राविधिक ज्ञान नहुदां मेहनत गरे अनुसार उत्पादन लिन सकेको छैन । रासाईनिक मलको अस्वभाविक प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको छ ।
दुर्गम क्षेत्रका कृषकलाई सहज ढंगले माटो परिक्षण गर्ने व्यवश्था मिलाउन मोवाईल भ्यान सहित प्राविधिक टोली पुगेर माटो शिविर आयोजना गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुल प्रसाद शर्माले बताउनुभयो । माटो परिक्षणका नतिजाका आधारमा कृषकहरुलाई कृषि चुन अनुदान प्रदान गर्ने, बालि प्राथामिकता छनौटमा सुझाव प्रदान गर्नेछ । सवै क्षेत्रका कृषकहरु सहभागी भएको भए पालिका भरिका माटोको अवश्था प्रोफाईल बनाउन सकिन्थ्यो कार्यालय प्रमुख शर्माले भन्नुभयो– सूचना प्रवाहमा कमी भएकोले अपेक्षित सहभागी भएनन् । कृषकलाई जानकारी दिने, माटो नमूना संकलन गर्न स्थानीय पालिकालाई जिम्मा दिए पनि अपेक्षित समन्वय भएन ।

बौदीकाली–२ का अगुवा होमनाथ भट्टराईले जनप्रतिनीधि, स्थानीय पालिकाले चासो नलिदा घर दैलो मै आएको मौका कृषकले गुमाउनुपरेको बताउनुभयो । फेसबुकमा सूचना पोस्ट्याएर मात्रै सवै कृषकले जानकारी पाउन सकिदैन । फेसवुकमा लेखिएका प्राविधिक भाषा सवैले बुझ्न सकिदैन । सरोकारवालाहरु जिम्मेवार बन्नुपर्छ । राज्यले यति धेरै लगानी गरेर विज्ञहरु घर दैलो मै सेवा दिन आउंदा कृषकले थाहै नपाउनु  दुखद भएको स्थानीय भट्टराईको भनाई छ ।

कृषि, भूमि व्यवश्था तथा सहकारी मन्त्रालयका सचिव आदरणीय बासु रेग्मी शिविर अवलोकन पश्चात माटा परिक्षणले  आगामी दिनमा बालि छनौट, कृषकलाई सहयोगका लागि समेत आधार वन्ने बताउनुभयो ।  

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्