Wednesday, April 17, 2024
घरखेलकूदमेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि

- Advertisement -spot_img

काठमाडौं, भदौ १५ । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।

अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेबल जितेका थिए ।

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

महिलातर्फ बोनमाटी उत्कृष्ट खेलाडी

यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले बाजी मारिन् ।

उनकै प्रशिक्षणमा इङ्ल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । इङ्ल्यान्ड विश्वकप फाइनलमा स्पेनसँग पराजित हुन पुगेको थियो । Onlinkhabar

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्