परासी, चैत २९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर धनपत यादवको एकलौटी कार्यशैलीप्रति वडाध्यक्षहरु ले असन्तुष्टि जनाएका छन् । नगरपालिकाको विभिन्न कार्यक्रम तथा योजनामा मेयरले मनोमानी गरेको भन्दै आपत्ति जनाएका छन् ।
विहिवार असन्तुष्ट वडाध्यक्षहरु ले पत्रकार सम्मेलन गर्दै सुधार गर्न चेतावनी समेत दिएका छन् । उनिहरुले गत चैत १९ गते नै उक्त विषयहरुमा बैठक बोलाउन लिखित निवेदन समेत दर्ता गराएका थिए । मेयर यादवले योजना र शिक्षामा एकलोटी निर्णय तथा सरकारी गाडि दुरुपयोग गरेको वडाध्यक्षहरु ले आरोप लगाएका छन् । यस्तै नगर क्षेत्रमा सञ्चालन हुने आकस्मिक योजनाका नाममा प्राथमिकतामा नै नपरेका योजनालाई आफू निकटका कार्यकर्तालाई दिने गरेको वडा नं १५ का वडाध्यक्ष धनपत यावदले बताउनु भएको छ । यस्तै नगर क्षेत्रमा सञ्चालन गरिने विकास निर्माणका योजना अनुगमनका लागि निवार्चित भएको दुई वर्षसम्ममा पनि योजना अनुगमन समितिले पूर्णता नपाएको उहाँले भन्नु भएको छ । जस्मा २ जना कार्यपालिका सदस्यहरु लाई राखिने गरिन्छ । वडामा सञ्चालन हुने नगर योजनाको रकम दिंदा वडाको सिफारिस बिना भुक्तानी समेत गरिएकोले आर्थिक चलखेलको आशंका उत्पन्न वडाध्यक्षहरु ले बताए । त्यसैगरि पालिका भित्र रहेका खोलाहरुको आइइइ भएको चार महिना सम्म वित्दा सम्म ठेक्का नगरी पालिकाको आर्थिक स्रोतलाई समेत ओझेलमा पारिएको वडाध्यक्षहरु ले आरोप लगाए ।
वडा नं. ११ वडाध्यक्ष धनिराम यादवले अभिभावकको लिखित असहमतिका बाबजुद नगर शिक्षा समितिको बैठक राखेर विद्यालय व्यवस्थापन समिति गठन गरिएकोे बताउनु भयो । मेयर यादवले शिक्षकहरुको आफूखुसी सरुवा गर्दा शिक्षक विद्यालयमा हाजिर नभएपछि विद्यालयकै खाता रोक्का गरेपछि विद्यार्थीहरु दिवा खाजाबाट पनि वञ्चित भएको वडाध्यक्ष यादवले बताउनु भएको छ । यी विभिन्न विषयमा छलफल गर्न बहुमतका वडाध्यक्षहरु ले बैठक बोलाए पनि मेयर यादवले वास्ता नगरेको उनीहरुको भनाई छ
वडा नं. १७ का वडाध्यक्ष कन्हैया मौर्यले आपसी विवादले नगरमा सञ्चालन हुनुपर्ने अधिकांश योजना सम्झौता नभएको बताउनु भयो । मेयर यादव अहिले धार्मिक यात्राकाव्रmममा भारतमा तिर जानु भएको छ । नगरपालिकाका १८ वडाध्यक्ष मध्ये १३ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यसहित १७ जनाले मेयर यादवको मनोमानी कार्यशैली विरुद्ध असन्तुष्टि जनाएका छन् । मेयर यादवको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै विभिन्न ११ वटा ऐजेण्डा राखेर बैठक बोलाउन निवेदन दिएका थिए ।