Friday, January 17, 2025
घरसमाजमुसहर बस्तीमा न्यानो कपडा वितरण

मुसहर बस्तीमा न्यानो कपडा वितरण

- Advertisement -spot_img

परासी, ८ माघ । पश्चिम नवलपरासीको एक मुसहर बस्तीमा जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा (कम्बल) वितरण गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ६ कठ्हवामा रहेको मुसहर बस्तीमा जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा (कम्बल) वितरण गरेको हो ।

छत्तिस घर परिवार रहेको मुसहर बस्ती आर्थिक अवस्थाले एकदमै विपन्न छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिले उनिहरु लाई घर मै पुगेर न्यानो कपडा (कम्बल) वितरण गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भएको छ । पछिल्लो समय जिल्लामा बढदै गएको अत्याधिक चिसोको कारणले अति विपन्न परिवारहरु लाई कम्बल वितरण गरिएको उहाँले बताउनु भयो । न्यानो कपडा वितरणले चिसो तथा जाडोले कठ्याङग्रिएर ज्यान जाने तथा प्रभावित हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीले भन्नु भएको छ । एक हप्ता अगाडि बसेको विपद् व्यवस्थापन समितिले जिल्लामा चिसो बाट बच्नका लागि विपन्न समुदायमा दाउरा सहित न्यानो कपडहरु वितरण गर्ने निर्णय गरेको थियो । जस्मा जिल्लाको सात वटै पालिकाले आफ्नो पालिका भित्र रहेका विपन्न घर परिवारको विवरण उपलब्ध समेत गराउने निर्णय भएको थियो । तर उनिहरुले अहिले सम्म सो विवरण उपलब्ध नगराएपछि न्यानो कपड् वितरण गर्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नु भएको छ । जिल्लामा रहेको रेडक्रस सोसाईटिको विभिन्न शाखा र प्रहरी चौकीहरु बाट विपन्न परिवारको तथ्यांक संकलन गरि न्यानो कपडा वितरण गरिएको उहाँले भन्नु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले हिजो मात्रै एक सय सात घर परिवारलाई न्यानो कपडा वितरण गरेका छ । जिल्ला रेडक्रस र प्रहरी चौकीको सहकार्यमा जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकामा न्यानो कपडा वितरण गरिएको जिल्ला प्रशासन पश्चिम नवलपरासीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्