Thursday, December 5, 2024
घरराजनीतिमुख्यमन्त्री महार कार्यभार सम्हाल्दै विकासका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता

मुख्यमन्त्री महार कार्यभार सम्हाल्दै विकासका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता

- Advertisement -spot_img

देउखुरी,चैत २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले कार्यभार सम्हाल्दै विकासका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । आइतबार साँझ  शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ ।

भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो । यस्तै मुख्यमन्त्री महराले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

अन्य मन्त्रीहरूको जिम्मेवारी पनि छिट्टै तोकिने जानकारी दिँदै कर्मचारी प्रशासनलाई इमानदार भएर जनताको काममा लाग्ने निर्देशन समेत दिनुभयो ।Gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्