Sunday, January 19, 2025
घरअर्थमुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता

- Advertisement -spot_img

परासी, साउन २९ । मुक्तिनाथ विकास बैंक लि.भुमही शाखाले क्याम्पसका विद्यार्थीहरु लाई वित्तीय साक्षरता वारे अभिमुखिकरण गरेको छ ।

“जनता बैंकमा होइन,बैंक जनतामा जानु पर्दछ ।” भन्ने मुल नाराका स्थापना भएको मुक्तिनाथ विकास बैंकले आज जिल्लाको भुमही स्थित मोतिलाल बहुमुखि क्याम्पसमा विद्यार्थीहरु लाई वित्तीय साक्षरता वारे अभिमुखिकरण गरेको हो । “आजको आवश्यकता विद्यार्थिहरुमा वित्तीय साक्षरता” भन्ने उद्देश्यका बैंकले अभिमुखिकरण कार्यक्रम गरेको हो । वित्तीय रुपमा साक्षर र बैंकिंङ्ग सेवा सुविधा को बारेमा विद्यार्थिहरु लाई पुर्णरुपमा जानकारी गराउनका लागि यो कार्यक्रम गरिएको बैंकका भुमही शाखाका शाखा प्रमुख सागर अर्यालले बताउनु भएको छ । अहिलेको डिजिटल युगमा पनि पुरानो शैली भन्दा आधुनिक प्रविधिको प्रयोग गरी सहज सेवा लिने वारे विद्यार्थीहरु लाई अभिमुखिकरण गरीएको प्रशिक्षक एवं शाखा प्रमुख अर्यालले बताउनु भएको छ । आँफु बित्तिय साक्षर हुन के,कसरी गर्ने र त्यसको फाईदावारे समेत उनिहरु लाई कार्यक्रममा छलफल गराईएको उहाँले बताउनु भएको छ । यसैगरी आँफुसहित आफ्ना परिवारलाई डिजिटल माध्यमबाट कारोवार गर्नलाई प्रेरित गर्नका लागि विद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम गरिएको भन्नु भयो ।

विद्यार्थीहरु लाई खासगरी सैदा कार्याक्रममा विद्यार्थिहरुबिच सैद्धान्तिक ज्ञान लाई थप पुरस्कृत र समायानुकुल गराउनको लागी व्यवहारिक रुपमा बैंकिंङ्ग ज्ञान तथा वित्तिय रुपमा समेत साक्षर हुनु पर्नेे शाखा प्रमुख अर्यालले बताउनु भएको हो । क्याम्पसका संस्थापक प्राध्यापक श्री देवराज भण्डारीकोे अध्यक्षतामा गरिएको कार्यक्रममा बैंकका कर्मचारी नवराज पौडेल, राम प्रसाद न्यौपाने र विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्