Thursday, January 16, 2025
घरराजनीतिमुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं ११ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विनिता कडायतले जानकारी दिइन् ।

अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । यसअघि ५ भदौमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई तेस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निष्कासन गर्न सजिलो हुने गरी कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी दोस्रो स्पष्टीकरण सोधेको थियो, जसमा २४ घण्टाभित्र जवाफ बुझाउन भनिएको थियो । त्यसअघि २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको थियो ।

त्यसको भोलिपल्टै पत्रकार सम्मेलन गरेर ढकालले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्