Thursday, January 16, 2025
घरराजनीतिमुकुललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

मुकुललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

- Advertisement -spot_img

काठमान्डाैं, भदाै ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तनमान महामन्त्री एवम् साधारण सदस्य मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट हटाउने उद्देश्यले दोस्रोपल्ट स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसका लागि पार्टीको अनुशासन आयोगलाई निर्देशन दिइने एक सदस्यले बताए । 

यसअघि केन्द्रीय समिति बैठकबाटै उनलाई बर्खास्त गर्ने रास्वपाको तयारी थियो । यसका लागि कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । यद्यपि, प्रक्रिया अपूरो हुने देखिएपछि केन्द्रीय समितिको सिफारिसमा अनुशासन आयोगबाट स्पष्टीकरण सोध्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने गरी प्रक्रिया अघि बढाइएको ती सदस्यले बताए । 

३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो, जसमा २४ घण्टाभित्र जवाफ बुझाउन भनिएको थियो । २५ असारमा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरिसकेको छ । कारबाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  शिलापत्र
 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्