काठमाडौँ, फागुन २३ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो । बुधवार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुग्नुभएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गर्नु भएकाे छ । उक्त गठबन्धनमा माधव नेपालकाे पार्टीलाइ पनि समावेश गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई पुग्नु भएकाे छ ।
राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । मङ्गलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।