परासी, माघ २ । पश्चिम नवलपरासीको एक महोत्सवमा परम्परागत समाग्रीको प्रदर्शन गरिएको छ । माघी महोत्सवको अवसरमा थारु समुदायले आफ्नो मौलिकता झल्कीने गरी विभिन्न परम्परागत सामग्रीहरु प्रदर्शन गरेको छ ।
माघी (खिंचडी) को अवसमा थारु समुदायले दैनिक जिवनमा प्रयोग हुने परम्परागत समाग्रीहरु लाई प्रदर्शन गरेको थियो । बढदो आधुनिकिकरणको कारणले लोप हुन लागेका फर्सा, पौवा, टागि, तरवार, आखर्श, चौकी, खटरा, ढोक्नि, छतरी/सेको, डेग्र, ढिमर (माछा मार्ने समाग्री) लगायतको समाग्री पदर्शनी गरीएको हो । यस्तै काठको लडिया, हर, जुआठा (खेत जोत्न गोरु जेड्ने), राही (दहि महने) थारु समुदायको घर लगायतको परम्परागत समाग्री महोत्वसमा राखिएको थियो । आधुनिकीकरण तथा प्रविधि विकासले लोप हुन लागेको उक्त समाग्रीहरु लाई जोगाउनका लागि महोत्सवमा ति समाग्रीहरु देखाईएको थियो । आयोजकले पार्क व्यवस्थापन तथा पराम्परागत समाग्री तयार गर्नमा महिना दिन लागेको जनाएको छ ।
जिल्लाकै सबै भन्दा ठुलो माघी महोत्सव (मेला) सरावल गाउँपालिका वडा नं. २ को मनरीमा लाग्ने गर्दछ । आयोजकले हरेक वर्ष लगाउँदै आएको महोत्सवलाई यस वर्ष ठाउँ स्थनान्तरण गरी थारु संस्कृतिक पार्कमा लगाएको थियो । यस्तै उक्त स्थानमा थारु समुदायको झल्कीने गरी पार्क निमार्ण समेत गरिने सरावल गाउँपालिका अध्यक्ष सुखाडि चौधरीले बताउनु भएको छ । गाउँपालिकाले पार्क निमार्णका लागि डिपिआर समेत निमार्ण गरिसकेको छ ।