Sunday, March 16, 2025
घरराजनीतिमाओवादी केन्द्रले बझाङकाे उपनिर्वाचनमा पनि एमालेलाई सघाउने

माओवादी केन्द्रले बझाङकाे उपनिर्वाचनमा पनि एमालेलाई सघाउने

- Advertisement -

काठमान्डाैं, चैत २७ । सत्तारुढ माओवादी केन्द्रले बझाङमा हुने उपचुनावमा पनि सत्ता सहयात्री एमालेलाई समर्थन गर्ने भएको छ । यही १५ वैशाखमा बझाङ १ को प्रदेशसभा (१) मा उपचुनाव हुँदैछ ।

उक्त उपचुनावमा बझाङमा माओवादी केन्द्रले जनक बुढालाई उम्मेदवार बनाएको थियो । उता एमालेले भने दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । यसअघि इलाम- २ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाएको थियो । बझाङमा पनि एमालेलाई सघाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएसँगै बझाङमा माओवादीले एमालेलाई सघाउने भएको हो । आज उम्मेदवारी फिर्ता लिने समय हो । बझाङमा अहिले पार्टीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिनु भएकाे छ । Shilapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्