दाङ्ग, २३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा माओवादीका जोखबहादुर महरा नियुक्त हुनु भएकाे छ । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा पाचौं मुख्यमन्त्रीकाे रूपमा नियुक्त हुनु भएकाे छ ।
एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्त गर्नु भएकाे छ। तर शपथ भने आइतबार मात्रै गरिने भनिएकाे छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको बताउनु भएकाे छ ।
महरालाई सुरूमा नागरिक उन्मुक्ति पार्टीका ४ जनाले समर्थन दिन नमानेपनि दावी पेशकाे केही समय पछि ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।