Sunday, March 16, 2025
घरअर्थमहेशपुर भन्सारमा भौतिक पुर्वाधारको विकास र क्वारेन्टाईन व्यवस्थापन गरिनेः अर्थमन्त्री महत

महेशपुर भन्सारमा भौतिक पुर्वाधारको विकास र क्वारेन्टाईन व्यवस्थापन गरिनेः अर्थमन्त्री महत

- Advertisement -


परासी , १६ फागुन । संघिय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले महेशपुर भन्सारलाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर भन्सारको भौतिक पुर्वाधार सहितको विकास गरिने बताउनु भएको हो ।

बुधवार पश्चिम नवलपरासी आउनु भएका अर्थमन्त्री महतले महेशपुर भन्सारको अवालोकन निरीक्षण गर्नु भएको छ । यसैविच भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने अर्थ मन्त्री महतले भन्नु भएको छ । उहाँले भन्नु भयो, ‘यस महेशपुर नाकालाई प्रमुख नाकाको रुपमा विकास गर्न म पहल गर्छु ।’ महेशपुर भन्सारमा भौतिक पुर्वाधार तथा भू–क्षेत्रको अभाव छ । जिल्लाको एक मात्र मुल नाकाको रुपमा स्थापित महेशपुर ठुलो भन्सारलाई सोही कारणहरुले लक्ष्य अनरुपको राजस्व संकल गर्न चुनौति थपिएको छ । यसको मुख्य समस्या प्लान्ट क्वारेन्टाईन पनि रहेको छ । महेशपुर भन्सारलाई राजस्व संकलनमा सहज बनाउनका लागि सो प्लान्टको स्थाप्ना हुन आवश्यक रहेको छ । जसलाई सञ्चालन गर्न पहल गर्ने मन्त्री महतले भन्नु भयो ।


उहाँले मुल भन्सारको रुपमा प्रवाह गर्न जग्गाको अभाव छ भन्ने सो को प्रस्ताव समेत पेश गरि अगाडि बढन भन्नु भएको छ । यसैविच उहाँले जिल्लाको सुरक्षा निकायलाई गैरकानुनी आयात र निर्यातलाई रोक लगाउन सुझाव दिनु भएको छ । यसले गर्दा सरकारलाई राजस्व उठाउन पनि सहज हुने भन्नु भयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्