Thursday, January 16, 2025
घरसमाजमहिला सशक्तिकरणमा सरकारले जोड दिएको छः मन्त्री सुडी

महिला सशक्तिकरणमा सरकारले जोड दिएको छः मन्त्री सुडी

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं १८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पु¥याउने भन्ने रहेको बताउनु भयो । २१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेख गर्नुभयो । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरणमा जोड छ । हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पु¥याउने ? भन्ने नै हो । यो २१ औं शताब्दी महिलाको शताब्दी हो । पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन ।’ 

राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताउनु भयो । उहाँले पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरुको प्रमुख दायित्व रहेको बताउनु भयो । महिलालाई पछि पारेर पुरुष अघि बढ्न नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्