काठमाडौं, भदौ ७ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जनाकाे यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।