Thursday, December 11, 2025

मर्स्याङ्दीमा भारतीय बस खस्यो

काठमाडौं, भदौ ७ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जनाकाे यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार