काठमाडौँ, असोज १५ गते । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ ।
अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।