Saturday, December 14, 2024
घरमनसुनी रेखा नेपालनजिक, ठूलो वर्षाको सम्भावना

मनसुनी रेखा नेपालनजिक, ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाण्डौ, साउन २१ मनसुनको न्यून चापीय रेखा (Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो। ‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको छ’, उनले भनिन्।

मौसमविद्का अनुसार मनसुनी रेखा (पानी पार्ने मौसमी प्रणााली) सरदर स्थानभन्दा उत्तरतर्फ आयो भने त्यो नेपाल नजिक हुनेछ र वर्षाको मात्रा बढ्छ। त्यो रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्‍यो भनेचाहिँ नेपालभन्दा केही टाढा हुन्छ र यता पानी पर्ने क्रम केही कम हुन्छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। ‘गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ’, बुलेटिनमा भनिएको छ। narayani online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्