Sunday, March 16, 2025
घरअर्थमंसिर ५ देखि परासीमा औद्योगिक व्यापार मेला

मंसिर ५ देखि परासीमा औद्योगिक व्यापार मेला

- Advertisement -

परासी, असाेज ३० । नवलपरासीकाे सदरमुकाम परासीमा मंसिर ५ गते देखि १७ गते सम्म औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ नवलपरासीले पत्रकार सम्मेलन गरेर छैँठाे औद्योगिक व्यापार मेला बारे जानकारी गराएकाे छ । पश्चिम नवलपरासीकाे रामग्राम १२ शान्तीचौर स्थीत नगरपालिका अगाडीको भागमा हुने व्यापार मेलामा २ सय स्टल रहने, २ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड १० लाख बराबरको कारोबार हुने लक्ष्य लिईएको अध्यक्ष ओमप्रकाश अग्रहरीले बताएका छन् । 

मेलामा स्थानिय कृषि उपज सहित विभिन्न पालिकामा भएका उत्पादनको प्रर्दशनी, परम्परा तथा जिल्लाको संस्कृति झल्कने विभिन्न जातजाती भाषाभाषिको झाँकि एवं कला प्रर्दशनी, परातात्विक तथा धार्मिक स्थलको चिनारी सहित बाल उद्यान लगाएत विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती रहने छ । मेलामा विद्यार्थिलाई ५० र अन्यलाई ७० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

मेलाले यस क्षेत्रको कृषि पर्यटन एवं औद्योगिक विकास संगै धार्मिक एतिहासिक तथा सांस्कृतिक, पर्यटकिय र जैवीक विविधताको संरक्षण तथा प्रचारप्रसार हुनुका साथै समग्र आर्थिक तथा समाजिक विकासमा टेवा पुर्याउने विश्वास लिईएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य वैजनाथ कलवारले तिन वर्ष सम्म ठप्प रहेको व्यापार मेलाले यस क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

भुमहि भैरहवा हुलाकि सडक खण्डले विगतमा यस क्षेत्रको विकासमा ठुलो भुमिका खेलेको बताउदै कलवारले अब महेसपुर नाका हुदै परासी, सुनवल बाट महलपोखरी हुदै पाल्पा सम्मको सडक विस्तार भए विकासको गति बढ्ने बताएका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले पर्यटन प्रर्वद्धन र आर्थिक विकासमा मेला महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, सचिव तारा अचार्य लगाएतले बोलेका थिए । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्