Saturday, December 14, 2024
घरपर्यटनभोलि बिहान पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी

भोलि बिहान पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी

- Advertisement -spot_img

काठमाडौँ,१२ असार । पशुपतिनाथ मन्दिरमा भोलि (बुधबार) जलहरी राख्ने तयारी भएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो। 

आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।

पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्