Thursday, January 16, 2025
घरसमाजभूकम्पले रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण क्षति

भूकम्पले रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण क्षति

- Advertisement -spot_img

रुकुमपश्चिम, कात्तिक २० गते । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठुलो मात्रामा भौतिक क्षति भएको छ ।

सोमबार बिहान सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रारम्भिक रूपमा जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएको बताइएको छ । यो तथ्याङ्क अझै बढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । 

नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले बैठकमा पेस गरेको प्रारम्भिक तथ्यांकअनुसार आठविसकोटमा सबैभन्दा बढी क्षति भएको छ । बैठकमा आठविसकोट नगरपालिका प्रमुख रवि केसीले नगरपालिकाको १४८ घरमा क्षति भएको जानकारी गराए । त्यसैगरी सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर विष्टले तीन हजार १४६ घर पूर्ण क्षति भएको र ७२२ घर आंशिक रूपमा क्षति भएको बताउए । 

बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले एक हजार ९८७ घर पूर्ण रूपमा र चार हजार ३७४ घर आंशिक रूपमा क्षति भएको जानकारी गराए । मुसीकोट नगरपालिकाभित्र दुई हजार तीनसय घर पूर्णरुपमा क्षति भएको र तीन हजार पाँचसय घरमा आंशिक क्षति भएको नगर प्रमुख महेन्द्र केसीले बताउए । 

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको जानकारी दिए । त्यसैगरी बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्णरुपमा क्षति भएको र १०७ वटा घरमा आंशिक रूपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउए । 

थप आवास तथा पूर्वाधार संरचनाको क्षतिको विवरण सङ्कलन भइरहेकाले यो सङ्ख्या बढ्न सक्ने बताइएको छ । पूर्ण र आंशिक रूपमा क्षति भएका घरमा बस्न नमिल्ने अवस्थाको सूचना प्राप्त भएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेखित घरपरिवारका लागि आवश्यक रकम तथा वैकल्पिक व्यवस्थाका लागि माथिल्लो निकायमा लेखिपठाउने निर्णय भएको जानकारी गराए।  अाजकाे गाेरखमापत्र दैनिकमा छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्