नवलपरासी, भदौ २५ । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण खेल आज रिजर्भ डे मा हुने भएको छ । मौसम पूर्वानुमान शाखाले पहिले नै पानी पर्ने सम्भभावाना बढी रहेको भनेपछि रिजर्व डे राखिएको थियो । सोहीअनुसार हिजो बर्षाले प्रभावित बनेको खेल आज हुने भएको छ । रिजर्व डे अनुसार हिजो भएको प्रतियोगितामा जत्ति ओभरर रन तथा विकेट गएको छ तेही देखि आज फेरी बचेको खेल हुने छ ।
श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो। भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।