Thursday, December 5, 2024
घरखेलकूदभारत द्वरा पाकिस्तान २२८ रनले पराजित

भारत द्वरा पाकिस्तान २२८ रनले पराजित

- Advertisement -spot_img

नवलपरासी, भदौ २६ । एसिया कप क्रिकेटमा भारत द्वरा पाकिस्तान पराजित भएको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । 

पहिलो ब्याटिङ गरेको भारत ले पाकिस्वितान लाई ३ सय ५६ रनको लक्ष्य दिएको थियो । विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर पाकिस्तानले भने ३२ ओभरमै १२८ रन बनाएर अलआउट हुन पुग्यो । पाकिस्तानको टोलीले ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो ।  ब्याट्सम्यान फाखर जामनले २७ रन, आघा सलमानले  २३ रन  र  इफ्तिखार अहमदले २३ रन बनाउनुबाहेक पाकिस्तानका अन्य खेलाडी चल्न सकेनन् । यस्तै नसिम शाह र ह्यारिस रउफ घाइते भएका कारण ब्याटिङ गर्न नै आएनन् ।

पहिलो दिन (आइतबार) ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । रिजर्भ डे अनुसार रोकिएको स्थानबाट खेल फेरी सुरु भएको थियो । वर्षाका कारण दुई दिनसम्म लम्बिएको खेलबाट दुई अंक बटुल्दै भारतले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

भारतको विशाल लक्ष्य बनाउने क्रममा राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए । कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्