Thursday, April 24, 2025
घरअपराधभारतबाट अवैधरुपमा ल्याएको २९ लाखको औषधि बरामद

भारतबाट अवैधरुपमा ल्याएको २९ लाखको औषधि बरामद

- Advertisement -

परासी, पुष २२ । भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको  २९ लाख बराबरको औषधि प्रहरीले बरामद गरेकाे छ। भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट कारमा लुकाएर ल्याउँदै गरेको अवैध औषधिलाइ इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो । 

प्रदेश नं.३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताए । 

औषधिसँगै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने  २९ वर्षीय अभिषेक खरेल रहेका छन् ।

भारतमा धेरै नै सस्तोमा पाइने भएकाले भन्सार छलेर औषधि ल्याएको प्रहरीले जनाएको छ । उक्त औषधि काठमाडौं टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्