परासी, साउन २८ । पश्चिम नवलपरासीमा ब्राउन सुगर(खैरो हेरोईन) सहित दुईजना पक्राउ परेका छन् ।
जिल्लाको प्रतापपुर गाउँपालिका ५ बस्ने अनिल कुमार कुर्मी र सोही स्थानका फेकु पासीलाई प्रहरीले रामग्राम नगरपालिका १७ पिपरहियाबाट ब्राउन सुगर सहित पक्राउ गरेको हो । गत शुक्रवार राती ९ बजेको समयमा यु.पी. ५७ एच.८६६१ नम्बरको मोटरसाईकलमा आएका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा कुर्मी संग भएको ९ ग्राम २३० मिलिग्राम (नौं पुरिया) ब्राउन सुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सूचना अधिकारी रेशम बोहराले जानकारी गराउनु भएको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा पक्राउ गरेको बोहराले बताउनु भयो ।
पक्राउ परेको दुबैजनालाई प्रहरीले आईतवार लागू औषध सम्बन्धि कसुरमा मुद्धा दर्तागरी जिल्ला अदालत नवलपरासीबाट सातदिने म्याद थप गराई अनुसन्धानलाई अगाडि बढाएको छ ।