Thursday, December 11, 2025

बेल जुसबाट आत्मनिर्भर बन्दै सुनवलका महिलाहरु

सुनवल, जेठ ९ । बेलको जुसबाट नवलपरासी सुनवलका महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । बेल जुस बनाएर आएको आम्दानीबाट उनीहरुलाई घर व्यवहार चलाउन सहज भएको छ । ‘एक वन एक उद्यम’को अवधारणासहित २०६६ सालदेखि बेल जुस उत्पादन गर्दै आएको सुनवल नगरपालिका-६ विशासयस्थित विशासय सामुदायिक वनले उत्पादनलाई निरन्तरता दिदै आएको छ ।

उत्पादन गरेको जुसलाई बजारीकरण गर्न सामुदायिक वनले सात सदस्यीय उपसमिति र पाँच सदस्यीय बजार व्यवस्थापन समिति निर्माण गरेको छ । “ गरीब विपन्न महिला लक्षित कार्यक्रम ” भएकोले बेल टिप्नेदेखि जुस उत्पादन र बजारीकरणसम्म सामुदायिक वनमा आवद्ध महिलाहरुको सहभागिता हुने गरेको छ । जुस उत्पादन गर्ने कार्यमा दैनिक १५ देखि १७ जनासम्म महिलाहरु रहेका छन् ।

सामुदायिक वनमा प्रशस्त मात्रामा बेलका बोटहरु रहेका कारण जुस उत्पादनका लागि आवश्यक पर्ने बेल खोज्न अन्यत्र जानुपर्ने बाध्यता नरहेको सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद घिमिरेले बताउनुभयो । जंगलबाट टिपेर ल्याएको बेललाई सामुदायिक वनले

प्रति केजि २० देखि २५ रुपैयाँसम्म खरिद गर्ने गरेको छ । बिहानको घरधन्दा सकाएर महिलाहरु १० बजेदेखि ५ बजेसम्मको खाली समयलाई सदुपयोग गर्दै आर्थिक आम्दानीमा लागेका छन् ।

उक्त कार्य गरेबापत महिलाहरुले दैनिक ६ सय ज्याला पाउने गरेका छन् । बिहानको समयलाई सदुपयोग गरेर आएको आम्दानीले घर व्यवहार चलाउन सहयोग मिलेको स्थानीय उर्मिला कवरले बताउनुभयो ।

बेल निश्चित समयम सम्म मात्र रहने र विस्तातै आफै विग्रदै जाने भएकोले बैशाखको १५ देखि जेठ महिनाको १५ गतेसम्म एक महिनाभित्र बेलको जुस तयार गरिसक्नुपर्ने बेल उत्पादन समितिका संयोजक माया काफ्लेले बताउनुभयो । बेलजुसको सय एम एलको बोतललाई १ सय र ७ सय एम एल बोतललाई १२० मा बिक्री गर्ने गरिएको सामुदायिक वनले जनाएको छ।

प्रशोधित बेलजुसलाई सुरुका बर्षहरुमा बजारीकरणको धेरै समस्या भएपनि यो जुस विशुद्ध अर्गानिक भएकोले त्यसको प्रचारसँगै अहिले स्थानीय बजारमै बढि मात्रामा खपत हुँदै आएको छ । बेलजुस पेटसम्बन्धि कब्जियत, ग्यास्टिक लगाएतको रोगको औषधीको रुपमा लिने गरिएको छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार